धमाका संवाददाता
कात्र्तिक २२, दैलेख
आगमी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले जिल्लाका ११ स्थानीय तहमा अगुवा कार्याकर्ता भेला सम्पन्न गरेको छ ।
सयुक्त बाम गठबन्धनले प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि आवश्यक परिचालन गर्न ११ तहमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एमाले र माओवादी केन्द्रको जिल्ला स्तरीय संयोजन समिति निर्माण पश्चात सबै स्थानीय तहमा जिम्मेवारी तोकी अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत गरेको छ ।
अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि सबै कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा लाग्न निर्देशन समेत दिएको छ ।
प्रशिक्षण दिदै नेताहरुले अहिलेको बामगठबन्धन भनेको क्षणिक समयको लागी नभई मुलुकको समृद्धिको लागी भएकाले कार्यकर्ता बिचलित नभई लाग्न निर्देशन दिएका छन् । निर्वाचन पछि वाम गठबन्धको दुई तिहाई बहुमत प्राप्त गरी मुलुमा स्थिर सरकार र साम्याद हुदै समाजवाद स्थापना मुलुकलाई समृद्ध बनाउनका लागि वाम गठबन्धन भएको बताएका छन् ।







